site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै 
फाइल तस्बिर ।

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले  यूएईसँग प्रतिस्पर्धा गर्दै छ । ओमानमा जारी प्रतियोगितामा नेपाल र यूएईबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । 

अर्को सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ । यी दुई टिमबीचको खेल आजै अपराह्न ४ः१६ बजे हुने तय भएको छ । 

सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आइतबार हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०५:११
प्रतिक्रिया दिनुहोस्