site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लिफ्ट मागेर मोटरसाइकल चढ्थे, फोन गर्ने बहानामा मोबाइल चोरेर अनलाइनमा बेच्थे

काठमाडौं । मोबाइल चोरेर आपराधिक लाभ लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–२ का २७ वर्षीय निश्चल लामा रहेका छन् ।

उनलाई मंगलबार काठमाडौंस्थि सिनामंगल गोल्डेन गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार उनले काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकलमा लिफ्ट माग्थे । त्यसपछि आफ्ना आफन्तको हवाइ उडान रहेको बताएर उनले आफूले काठमाडौंको नयाँ बसपार्कमा गएर विभिन्न सामानहरू ल्याउनुपर्नेसहितका बहाना बनाउँथे ।

त्यसपछि उनले आफ्नो मोबाइल स्विचअफ रहेको बताएर मोबाइल माग्थे । मागेको फोनबाट कल गर्दै परपर हुँदै उनी भागेर जान्थे । चोरेको फोनमा भएको मोबाइल बैकिङमा उनले अनधिकृतरूपमा पहुँच बनाउँथे । उनले त्यसरी तीन लाख ६२ हजार रुपैयाँ निकालेको पाइएको प्रहरीले जनाएको छ । चोरीका मोबाइलहरू उनले हाम्रो बजार डट कममा राखेर बिक्री गर्थे ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । थप अनुसन्धान र कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro