site stats
बाह्रखरी :: Baahrakhari
देश
हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । तराईका केही भू–भागमा आज हावाहुरीको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको हो । उक्त क्षेत्रमा दैनिक जनजीवन प्रभावित हुने सम्भावना रहेको विभागको भनाइ छ । 

कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा पनि आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्