site stats
बाह्रखरी :: Baahrakhari
विदेश
‘घरमा घुसेर मार्ने’ मोदीको भनाइबारे अमेरिकाले के भन्यो ?

वाशिङ्गटन । भारतको उत्तराखण्डको चुनावी सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै भनेका थिए, ‘आज भारतमा मोदीको मजबुत सरकार छ । यसले गर्दा आतंकवादीहरूलाई घरमा घुसेर मारिनेछ ।’

अमेरिकामा मोदीको बोलीमाथि प्रश्न उठेको छ । ह्वाइट हाउसको पत्रकार सम्मेलनमा विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरसँग मोदीको बोलीबारे प्रश्न सोधिएको थियो ।

म्याथ्युसँग सोधिएको प्रश्न थियो, ‘‘भारतका प्रधानमन्त्री तथा रक्षामन्त्रीले आफ्नो चुनावी अभियानका क्रममा नयाँ भारत सीमा पार गरी आतंकवादी मार्न हिच्किचाउँदैन । यो एक प्रकारले क्यानाडामा निज्जर, गुरपतवन्त सिंह पन्नु र पाकिस्तानमा हत्याको विषयमा कबुल गरिरहेका छन् । के यो बयान बाइडेन प्रशासनका लागि चिन्ताको विषय हो ?”

म्याथ्युले जवाफ दिए, “मैले पहिला पनि भनेको छु कि हामी यसको बीचमा घुस्दैनौं । यद्यपि हामी भारत र पाकिस्तान दुवैलाई तनावबाट बच्न र वार्ताका माध्यममार्फत समस्याको समाधान खोज्न प्रोत्साहित गर्दछौं ।”

पत्रकार सम्मेलनमा म्याथ्युलाई सोधियो– विगतमा देखिएको थियो कि अमेरिकाभित्र हत्या गर्ने केही विदेशीलाई विगतमा प्रतिबन्ध लगाइएको थियो । तर, भारतको मामिलामा यस्तो गरेको देखिँदैन । यसरी छूट दिनुको कारण के हो ?

Global Ime bank

म्याथ्युको जवाफ थियो, “म प्रतिबन्धसँग जोडिएको कुनै पनि कुरा गर्न चाहन्न । यसको मतलब यो होइन कि हामी प्रतिबन्ध लगाउनेवाला छौं । तर, यदि तपाई प्रतिबन्धबारे सोध्नु हुन्छ भने यो यस्तो विषय हो यसमा हामी खुला रुपमा चर्चा गर्दैनौं ।”

विगतमा क्यानडा, अमेरिका र पाकिस्तानमा हत्या गराएको आरोप भारतमाथि लगाइएको थियो । भारतले यस्ता आरोपको औपचारिक रुपमा खण्डन गर्दै आएको छ । तर, भारतमा लोकसभा चुनावको तिथि नजिँकिदै जाँदा भारतका नेताहरूले सीमा पार गरेर आतंकवादीलाई मार्ने बयान दिने क्रम चलेको छ । 

हालै भारतका विदेशमन्त्री एस जयशंकरले पनि भनेका थिए, “उनीहरू (आतंकवादी) लाई यस्तो नलागोस् कि हामी सीमा पारी छौं र हामीलाई कसैले पनि छुन सक्दैन । नियम अनुसार चल्दैनन् भने उनीहरूलाई जवाफ दिने पनि नियमतः नहुन सक्छन् ।”

यही अप्रिल ६ मा भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि एक अन्तर्वार्तामा भनेका थिए, “कुनै पनि आतंकवादी यदि हाम्रो छिमेकमा रहेर भारतलाई परेशान गर्ने प्रयास गर्छ र आतंकवादी गतिविधि गर्दैैछ भने हामी उसलाई मुहतोड जवाफ दिनेछौं । यदि ऊ भागेर पाकिस्तान जान्छ भने हामी त्यहाँ घुसेर मार्नेछौं ।”

गतवर्ष जुन महिनामा क्यानाडामा पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्या भएको थियो । क्यानाडा सरकारले सेप्टेम्बर २०२३ मा उक्त हत्याको आरोप भारतमाथि लगाएको थियो । भारतले यो आरोपलाई खण्डन गर्दै प्रमाण दिन क्यानाडासँग आग्रह गरेको थियो । 

निज्जरकाबारेमा विवाद बढ्नाका कारण क्यानाडा र भारतको सम्बन्धमा निकै दूरी बढेको थियो । यस्तै २०२३ मा पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नुको न्यूयोर्कमा हत्याको षडयन्त्रको मामिलामा पनि भारतको नाम आएको थियो । 

अमेरिकाले दाबी गरेको थियो कि भारतीय नागरिक निखिल गुप्ताले न्यूयोर्कमा पृथकतावादी नेताको हत्याका लागि एक व्यक्तिलाई भाडामा लिएका थिए । त्यसको बदलामा करिब ८३ लाख रुपैयाँ दिइएको थियो । 

भारतको विदेश मन्त्रालयले उक्त आरोपलाई आफूले गम्भीरतापूर्वक लिएको जनाएको थियो । पेशाले वकिल पन्नुका परिवार पहिले पन्जावको नाथू चक गाउँबासी थिए ।

पछि उक्त परिवार अमृतसरनजिकको खानकोटमा बस्न थालेको थियो । पन्नुका पिता महिन्दर सिंह पन्जाब मार्केटिङ्ग बोर्डका सचिव थिए ।  सन् १९९१—१९९२ तिर पन्नु अमेरिका गएका थिए । जहाँ उनी कनेक्टिकट युनिभर्सिटीमा भर्ना भए । जहाँबाट उनले फाइनान्समा एमबिए गरेका थिए । 

त्यस्तै न्यूयोर्क युनिभर्सिटीबाट कानुनमा डिग्री पनि लिएका थिए । सन् २००७ मा पन्नुले सिख फर जस्टिस नामको संस्था स्थापना गरेका थिए । उनी न्यूयोर्कमा रहेको कार्यालयमा काम गर्थे । जहाँ उनी आफ्नो ल फर्म पनि चलाउँथे । 

भारतले जुलाई २०२०मा ९ जनालाई आतंकवादी घोषणा गरेको थियो । सो सूचीमा पन्नुको पनि नाम थियो । निज्जर र पन्नुबाहेक पाकिस्तानमा भएका कतिपयमाथि पनि षडयन्त्र गरेको आरोप भारतमाथि लाग्ने गरेको छ ।

भारतीय नागरिक सर्वजीत सिंहको लाहौरको जेलमा सन् २०१३ मा हत्याका अभियुक्त रहेका आमिर सरफराज उर्फ तांबामाथि पाकिस्तानमा हालै हमला भएको थियो । 

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले सोमबार पत्रकार सम्मेलन गर्दै दाबी गरे अनुसार, सरफराजमाथि भएको आक्रमणको प्रमाणले भारततर्फ इशारा गरेको छ । पाकिस्तानका गृहमन्त्रीले भनेका छन्, “विगतमा भारत हत्याका मामिलामा सीधा रुपमा सामेल भएको थियो । हामीलाई शंका छ कि यी मामिलामा भारतको हात छ ।”

उनले भनेका छन्, “यद्यपि यसमा जाँच भइरहेकै छ । हालसम्म मिलेका प्रमाणले त्यसैतर्फ इशारा गरिरहेका छन् । यद्यपि जाँच रिपोर्ट आउनु अघि म केही भन्न सक्दिनँ ।”

सीमा पार गरेर आफूले हत्या गरेको कुरा भारतले विगतमा अस्वीकार गर्दै आएको छ । तर, चुनावको मुखमा भने नेताहरूले यही कुरालाई पुष्टि गर्न खोजिरहेका छन् । बेलायतको अखबार ‘द गार्डियन’को हालैको रिपोर्टमा विदेशी धरतीमा रहेका देश विरोधी तत्वलाई खतम गर्ने व्यापक रणनीतिमा भारत रहेको भन्ने उल्लेख थियो ।

गार्डियनका अनुसार सन् २०२० यता भारतले पाकिस्तानमा थुप्रै कारबाही गरिसकेको छ । उक्त रिपोर्टबारेमा भारतका रक्षामन्त्री राजनाथ सिंहलाई एक अन्तर्वार्ताका क्रममा सोधिएको प्रश्नमा उनले हालै त्यसको समर्थन वा खण्डन दुवै गरेका थिएनन् । 

तर, उनले भनेका थिए, “यदि कुनै छिमेकमा कोही आतंकवादी भारतलाई परेशान गर्ने वा त्यहाँबाट आतंकवादी कारवाही गर्ने प्रयास गर्छन् भने उसलाई उचित जवाफ दिइनेछ ।” (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu