site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
आईक्यानको तेस्रो राष्ट्रिय सम्मेलन वैशाख ६ र ७ मा

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले वैशाख ६ र ७ गते काठमाडौंमा तेस्रो राष्ट्रिय सम्मेनलको आयोजना गरेको छ । राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा बिहीबार र शुक्रबार सम्मेलन चल्नेछ ।

‘अकाउन्टिङ प्रोफेसनल’हरूको यो सम्मेलन ‘दिगो लेखा अभ्यास’को थिममा आधारित रहने आईक्यानले जनाएको छ । संस्थाका अध्यक्ष सुजनकुमार काफ्लेका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कार्यक्रमको उद्घाटन गर्नेछन् ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा महालेखापरीक्षक, गर्भनर, राजस्व सचिव र इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्स (आईएफएसी)की अध्यक्ष अस्मा रेसमौकीको उपस्थिति रहने आईक्यानले जनाएको छ ।

आईक्यानका अनुसार सम्मेलनमा एक हजारभन्दा बढी अकाउन्टिङ प्रोफेसनल्स (लेखा व्यवसायी) सहभागी हुनेछन् । यसअघि क्यानले सन् २०२२ मा पहिलो र सन् २०२३ मा दोस्रो राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro