site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा पाकिस्तानी दूतावासले मनायो ८४औँ राष्ट्रिय दिवस
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाकिस्तानले ८४औँ राष्ट्रिय दिवस काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ । उपराष्ट्रपति डा. रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा आइतबार दूतावासले कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले सन् १९४० को मार्च २३ को पाकिस्तान प्रस्तावको ऐतिहासिक महत्त्व रहेको बताए । उनले पाकिस्तानको निर्माणका लागि लोकतान्त्रिक संघर्ष गरेकोमा कायदे–ए–आजम मुहम्मद अली जिन्नाको नेतृत्वका पुर्खाको योगदानलाई स्मरण गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको उनको भनाइ थियो । पाकिस्तान र नेपालबीच भौगोलिक, सांस्कृतिकदेखि हिमालयका चुचुरा र प्राकृतिक सम्पदाको समानता रहेको उनले बताए । 

कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, परराष्ट्र सचिव सेवा लम्साल र नेपाली सेनाका पूर्वप्रधानसेनापति समेत उपस्थिति थिए ।

Global Ime bank

यस्तै, राजनीतिक, नागरिक तथा व्यापारिक अगुवा, निजामती तथा सैनिक अधिकारी, राजदूत, कूटनीतिज्ञ, पाकिस्तानी समुदाय, पत्रकार तथा नागरिक समाजका प्रतिनिधि पनि कार्यक्रममा उपस्थित रहेको दूतावासले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement