site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसीसी प्रिमियर कपमा हङकङविरुद्ध खेल्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल आज तेस्रो खेल खेल्दै छ । नेपालले आज हङकङविरुद्ध खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजे सुरु हुनेछ । 

नेपालले यसअघि लगातार दुई खेलमा जित निकालेको छ । शनिबार कतारविरुद्ध ३२ रनको जित निकालेको नेपालले त्यसअघिको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । 

Dabur Nepal
NIC Asia

आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्नेछ । 

नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतार छन् । नेपाल चार अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । 

समूह ‘ए’ मा हङकङ दुई अंकका साथ चौथो स्थानमा छ । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो । दोस्रो खेलमा साउदी अरबसँग ५५ रनले पराजित भएको थियो । समूह ‘ए’मा साउदी अरब दोस्रो तथा मलेसिया तेस्रो स्थानमा छन् । 

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, अनिल साह, सन्दीप जोरा, करण केसी, विवेक यादव, प्रतिश जिसी, सोमपाल कामी, ललितनारायण राजवंशी र अभिनास बोहरा छन् । 

समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन र कम्बोडिया छन् । समूह ‘बी’मा ओमान चार अंकका साथ शीर्ष स्थानमा छ । यूएई चार अंक जोडे पनि दोस्रो स्थानमा छ । कुवेत तेस्रो स्थानमा छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro