देश
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले बिस्का जात्राका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
वैशाख १ देखि ५ गतेसम्म मनाइने बिस्का जात्राको अवसरमा वैशाख ३ गते वडा नम्बर २ र ३ तथा वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले वैशाख ३ गते दुईवटा वडा र वैशाख ४ गते टोखा नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था बन्द हुने जानकारी दिएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१ २२:१२
प्रतिक्रिया दिनुहोस्