site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआईसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड

मुगु । मुगुस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक व्यक्ति बैंकभित्र पसेको बैंकको सीसी क्यामेरामा देखिएको छ ।

उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । बैंकमा एक मात्र सुरक्षाकर्मी भएको र राति ८ बजेसम्म ड्युटी भएकाले त्यही मौकामा अज्ञात व्यक्ति मूल ढोका फोडेर भित्र प्रवेश गरेको देखिएको छ ।

ती व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको एक युवकजस्तो देखिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बैंकको ढोका फोडिएको र जुत्ता र खुकुरी चोर्नेबाहेक अरू कुनै क्षति नभएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro