site stats
बाह्रखरी :: Baahrakhari
देश
घटेको छैन वायु प्रदूषण, काठमाडौं दोस्रो प्रदूषित सहर
फाइल तस्बिर ।
Global Ime bank

काठमाडौं । पछिल्लो दुई सातायता काठमाडौंमा उच्च बनेको वायु प्रदूषण आइतबार पनि उस्तै छ । अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरकोे सूचीमा काठमाडौं आइतबार बिहान १०ः४५ बजे तेस्रो प्रदूषित सहरमा सूचीकृत भएको छ । 

आइक्यू एयरका अनुसार सो समयमा काठमाडौंमा वायु प्रदूषणको मात्रा १६२ यूएस एक्यूआई (एयर क्वालिटी इन्डेक्स) छ । विश्वका १२२ प्रदूषित सहरमध्ये पहिलो नम्बरमा भारतको दिल्ली र दोस्रोमा बंगलादेशको ढाका छन् । वातावरण विभागको वायुको गुणस्तर सूचकांकमा कीर्तिपुर, भक्तपुर, खुमलटार, रत्नपार्कमा प्रदूषणको मात्रा १५६ देखि १६२ एक्यूआई छ ।

काठमाडौंमा छिटफुट वर्षा भए पनि देशका विभिन्न स्थानमा डढेलोका घटना भइरहेकाले प्रदूषण कम नभएको विज्ञहरू बताउँछन् । विभागका उपमहानिर्देशक तरादत्त भट्ट ठूलो हावाहुरी वा वर्षा नभएसम्म प्रदूषणको मात्रा नघट्ने बताउँछन् । वायु प्रदूषण उच्च भएसँगै आँखा, छाला र श्वासप्रश्वासमा विभिन्न समस्या निम्तिन सक्ने भएकाले सजग रहन विज्ञहरूको सुझाव छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu