देश

काठमाडौं । काठमाडौंमा शनिबार भएको स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२, कोटेश्वर, मुनिभरैव बस पकेटनजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२६प६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।
दुर्घटनामा स्कुटर चालक काठमाडौंको पेप्सीकोलाका ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१ १७:३२
प्रतिक्रिया दिनुहोस्