site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई 

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई  विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई अध्यक्ष चयन गरेको हो ।
 
अध्यक्षमा विजयी राईले ३३९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दंगालले १८७ मत पाएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताएका छन् । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित भएका थिए ।  

पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य ३५८ मतसहित विजयी भएका छन् । पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।  

एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी भएका छन् । समावेशी उपसचिवमा कविता राई विजयी भइन् । आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिएका छन् ।  

एक दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ २११ मतसहित विजयी भए । दलित कोटामा चारजनाको प्रतिस्पर्धा भएको थियो । दलित महिला कोटामामा रेखा रम्तेल १५० मत ल्याएर विजयी भएका छन् । उक्त कोटामा तीनजनाको प्रतिस्पर्धा भएको थियो । 

Global Ime bank

खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी भएकी छन् ।  खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भएका छन् । पाँचजनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu