site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दार्चुलामा यो वर्ष समयमै पुग्यो पाठ्यपुस्तक
Sarbottam CementSarbottam Cement

खलङ्गा (दार्चुला) । दार्चुलामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । बर्सेनि पाठ्यपुस्तकको अभाव हुने यस जिल्लामा यो वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै पाठ्यपुस्तक पुगेको हो । 

आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक विक्रेताहरूकहाँ पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए । उनका अनुसार निःशुल्करूपमा उपलब्ध हुने कक्षा १ देखि कक्षा १० सम्मका २२ हजारभन्दा बढी पाठ्यपुस्तक जिल्लाका नौ वटै स्थानीय तहमा पुगिसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यही चैत २० गतेदेखि जिल्लामा पाठ्यपुस्तक भित्रिन थालेको हो ।

“विद्यार्थीले भर्ना हुने बित्तिकै पाठ्यपुस्तक पाउने अवस्था छ, आगामी वैशाख ५ गते पाठ्यपुस्तक दिवसका दिन विद्यार्थीको हातहातमा पुस्तक दिने तयारी छ,” एकाइ प्रमुख पन्तले भने ।

Global Ime bank

जिल्लामा कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक उपलब्ध छन् । अहिले स्थानीय तहका सबै विद्यालयमा पाठ्यपुस्तक पठाउने काम भइरहेको छ । समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  २२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय