site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालय एयरलाइन्सको वार्षिक ‘स्टेप टुवार्डस् एजुकेसन’ अभियान

काठमाडौं । हिमालय एयरलाइन्सले ‘स्टेप टुवार्डस् एजुकेसन’ अभियान जारी राखेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको मुख्य उद्देश्यलाई पालना गर्दै उक्त अभियानलाई जारी राखेको कम्पनीले जनाएको छ । 

“सन् २०१७ देखिको यो पहल कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व प्रयासहरूको मुख्य कोसेढुंगा रहेको छ जसको उद्देश्य विपन्न तथा अनाथ बालबालिकाहरूलाई शिक्षाको माध्यमबाट सशक्तिकरण गर्ने हो,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Dabur Nepal
NIC Asia

यस वर्ष शैक्षिक सत्रको प्रारम्भमा नै अप्रिल १० मा एयरलाइन्सले आफ्नो वार्षिक गतिविधि सञ्चालन गरेको ओ । उक्त अवसरमा ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका बालबालिकाहरूलाई विभिन्न कक्षाका लागि पाठ्यपुस्तक, नोटबुक, स्कुल झोला र स्कुल जुत्तालगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेकी छन् । 

वार्षिक सहायताका अतिरिक्त, बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको संक्षिप्त जानकारी गराउन कम्पनीले ले काठमाडौंको सिनामंगलस्थित उड्डयन संग्राहालयको स्थलगत भ्रमणको आयोजना गरेको थियो । विपन्न तथा अनाथ बालबालिकाहरूलाई उड्डयनको संसार चिनाउने प्रत्यक्ष अवसर प्रदान गरेर कम्पनीले उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने र परम्परागत कक्षाकोठाको सिकाइभन्दा बाहिर तिनीहरूको क्षितिज फराकिलो बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । 

हिमालयको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधिको परोपकारी उद्देश्यलाई कदर गर्दै उड्डयन संग्राहालयले पनि बालबालिकाहरूका लागि निःशुल्क प्रवेशसँगै भ्रमणका दौरान उत्कृष्ट मार्गदर्शनको व्यवस्थासहित सहयोग गरेकको कम्पनीले उल्लेख गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro