site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा उपाध्यक्षमा घिमिरेलाई एकीकृत समाजवादीको समर्थन 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले)का उमेदवार विमला घिमिरेलाई समर्थन गरेको छ । 

राष्ट्रियसभा बैठकमा एकीकृत समाजवादीकी सांसद जयन्ती राईले सत्तासाझेदार दलको तर्फबाट घिमिरेलाई मत दिन आग्रह गरिन् । उनले उपाध्यक्षमा साझा उमेदवार बनाएको भए उचित हुने धारणा राखिन् । 

Dabur Nepal
NIC Asia

उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी पनि उमेदवार छिन् । “साझा उमेदवार बनाउन पाएको भए राम्रो हुन्थ्यो । महिला भएको हिसाबले बोल्दा असहज लागेको छ,” उनले भनिन्, “दुवैजना सक्षम हुनुहुन्छ । योग्य हुनुहुन्छ ।” 

एकीकृत समाजवादीले मंगलबारसम्म उपाध्यक्षका विषयमा निर्णय गरेको थिएन । उसले पनि उपाध्यक्ष दाबी गरेको थियो । एमालेबाट घिमिरे उमेदवार बन्दा एकीकृत समाजवादीले समर्थन गरेको थिएन ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro