site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा उपाध्यक्षमा घिमिरे र पुडासैनीको उमेदवारी दर्ता
उमेदवारद्वय विमला घिमिरे (बायाँ) र विष्णुदेवी पुडासैनी (दायाँ) । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका निम्ति मंगलबार दुईजनाको उमेदवारी दर्ता गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीको उमेदवारी दर्ता गरिएको हो ।

सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ ।

कांग्रेसकी उमेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गएको माघमा भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । महिला क्लस्टरका सातजनामध्ये वाग्मती प्रदेशबाट उनी निर्वाचित भएकी हुन् । पुडासैनी ७३ वर्षीया सांसद हुन् ।

०३३ सालमा पद्मकन्या क्याम्पसमा पढ्दादेखि नै उनी राजनीतिमा सक्रिय भएकी थिइन् । ०४९ सालमा उनी काठमाडौंको तत्कालीन भद्रबास गाविसको अध्यक्षमा निर्वाचित भएकी थिइन्  ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन बुधबार (भोलि) हुँदै छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro