site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसकी पुडासैनीले दर्ता गराइन् उमेदवारी
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दिएकी छन् । उनले आज उमेदवारी दर्ता गराएकी हुन् । 

उनको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गत माघमा राष्ट्रियसभामा निर्वाचित भएकी थिइन् । महिला क्लस्टरका सातजनामध्ये वाग्मती प्रदेशबाट पुडासैनी निर्वाचित भएकी हुन् । पुडासैनी ७३ वर्षीया सांसद हुन् । संघीय संसद् सचिवालयले उनको उमेदवारी दर्ता गराएको हो ।

२०३३ सालमा पद्मकन्या क्याम्पसमा पढ्दादेखि नै उनी राजनीतिमा सक्रिय भएकी थिइन् । २०४९ सालमा उनी काठमाडौंको तत्कालीन भद्रवास गाविसको अध्यक्षमा पनि निर्वाचित भएकी थिइन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro