site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा उपाध्यक्षमा घिमिरेको उमेदवारी दर्ता
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका निम्ति नेकपा (एमाले)की विमला घिमिरेले उमेदवारी दिएकी छन् । मंगलबार उनले सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी हुन् । संघीय संसद् सचिवालयले उनको मनोनयनपत्र दर्ता गरेको छ ।

घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमाले प्रमुख सचेतक रहेकी भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् ।

उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन बुधबार (भोलि) हुँदै छ । उर्मिला अर्यालले उपाध्यक्षबाट राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

उमेदवारी दर्तापछि घिमिरेले आफू निर्वाचित भए राष्ट्रियसभालाई अझै मर्यादित बनाउन भूमिका निर्वाह गर्ने बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro