site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष नेतासित सभामुखको छलफल सुरु : ओली अनुपस्थित, पौडेल सहभागी
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र प्रमुख चार दलका शीर्ष नेताहरूबीचको बैठक सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बसेको उनको सचिवालयले जानकारी गराएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएका विषयमा सभामुखले चार दलका शीर्ष नेताहरूसित छलफल थालेका हुन् । छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायत नेता सहभागी छन् । सभामुखले छलफलका निम्ति बोलाए पनि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित छन् ।

सहकारीको रकम ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ । छानबिन समिति नबनाइए भोलिदेखि संसद् बैठक अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro