site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लखनऊको तेस्रो जित, गुजरातविरुद्ध ३३ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा तेस्रो जित निकाल्ने क्रममा लखनऊ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ । आइतबार अटल बिहारी वाजपेयी रंगशालामा घरेलु टिम लखनऊले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।

गुजरातका ओपनर साई सदुर्शनले सर्वाधिक ३१ रन बनाए । राहुल तेवातियाले ३०, कप्तान शुभमन गिलले १९, विजय शंकरले १७ र दर्शन नाल्कान्डेले १२ रन थपे ।

Dabur Nepal
NIC Asia

गुजरातलाई सस्तैमा समेट्न लखनऊका यस ठाकुरले पाँच विकेट लिए । ३.५ ओभर बलिङ गरेका ठाकुरले एक मेडन फ्याँक्दै ३० रन खर्चिए । क्रुनल पण्ड्याले तीन र नवीन उल हक र रवि बिस्नोईले समान एक विकेट हात पारे ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको लखनऊले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६३ रन बनाएको थियो । लखनऊका मार्कुस स्टोइनिसले सर्वाधिक ५८ रन जोडे । कप्तान केएल राहुलले ३३, निकोलस पुरानले ३२ र आयुष बाडोनीले २० रनको योगदान गरे ।

गुजरातका उमेश यादव र दर्शन नालकन्डेले समान दुई विकेट लिए । राशिद खानका नाममा एक विकेट रह्यो ।

जितसँगै चार खेलबाट ६ अंक जोडेको लखनऊ तालिकाको तेस्रो स्थानमा छ । पाँच खेलबाट चार अंकको गुजरात सातौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro