site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चैत मसान्तसम्म कर्जा तिर्ने ग्राहकलाई एनआईसी एसिया बैंकले छुट दिने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एनआईसी एसिया बैंकले खराब कर्जामा वर्गीकरण भएका ऋणीहरूका लागि नयाँ योजना सार्वजनिक गरेको छ । आर्थिक शिथिलताका कारण बैंकको कर्जा लिने ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउन २०८० पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जामा वर्गीकरण भएकाहरूलाई यो योजना ल्याएको हो ।

निष्क्रिय कर्जाको रूपमा वर्गीकरण भएका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले आफ्नो २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्णरूपमा चुक्ता गरेमा चैतसम्म लाग्ने जरिबाना तथा हर्जाना रकममा बैंकले शतप्रतिशत छुट दिने भएको हो ।

Agni Group
NIC Asia

त्यसका साथै ब्याज रकममा समेत कर्जाको वर्गीकरणअनुसार छुट दिने बैंकले जनाएको छ ।  कमशल कर्जाको हकमा १० प्रतिशत, शंकास्पद कर्जाको हकमा १५ प्रतिशत र खराबको हकमा २० प्रतिशत छुट दिने पनि बैंकले जनाएको छ । अर्थतन्त्रमा परेको दबाबलाई ध्यानमा राखेर बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको जानकारी दिएको छ । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म मद्धत पुग्ने बैंकले अपेक्षा गरेको छ ।

एनआईसी एसिया बैंकले ३६० शाखा कार्यालय, ६७० एटीएम, ११७ वटा विस्तारित काउन्टर र ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत सेवा दिँदै आएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu