site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
फोहोर व्यवस्थापन राष्ट्रिय सरोकारको विषय : केसी

काठमाडौं । सिसडोल–बन्चरेडाँडावासीको आन्दोलनमा ऐक्यबद्धता जनाउन प्रतिनिधिसभा सदस्य समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी पुगेका छन् । शनिबार बन्चरेडाँडा पुगेर उनले सिसडोल–बन्चरेडाँडावासीको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

उनले ल्यान्डफिल साइटको विषय काठमाडौं र नुवाकोटको मात्र नभई राष्ट्रिय सरोकारको भएकाले फोहोर व्यवस्थापनबारे बन्चरेडाँडामा भइरहेको गतिविधि सबैले थाहा पाउनुपर्ने बताए । “फोहोर व्यवस्थापनको विषय नुवाकोट र काठमाडौंको मात्रै विषय होइन, राष्ट्रिय सरोकारको विषय हो । राष्ट्रिय सरोकार र हरेक नेपालीको चिन्ताको विषय हो,” उनले भने ।

बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति (नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन र ‘मानवबस्तीरहित ल्यान्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै शनिबार फोहोर विसर्जनमा अवरोध गरेको गरेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro