site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मिडियाविरुद्ध निकिता पौडेल अदालतमा, भनिन्– सर्वस्व सकिए पनि न्याय मागेरै छोड्छु
तस्बिर : निकिता पौडेलको फेसबुकबाट ।

काठमाडौं । आफूबारे झुटा दाबीसहितका समाचार बनाएर चरित्र हत्या गरेको बताउँदै निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।

गृहमन्त्री रवि लामिछानेकी पत्नीसमेत रहेकी पौडेलले प्रेस काउन्सिल नेपालमा पनि उजुरी गरेकी छन् ।

चैत २१ गते काठमाडौं महानगरपालिकाले छापा मारेको साई स्वागत सहकारीमा पौडेल आबद्ध रहेको दाबीसहितका समाचार प्रकाशित भएका थिए ।

तर, पौडेलले आफूले सबै ऋण तिरिसकेको अवस्थामा आफूविरुद्ध मिडियाबाट 'हिलो छ्याप्ने' काम भएको बताएकी छन् ।

Global Ime bank

उनले आफू न्याय मागेर छाड्ने पनि बताएकी छन् । "म भन्न चाहन्छु, सर्वस्व सकिए पनि म न्याय मागेरै छोड्छु । मलाई मेरो देशको न्यायालय र न्यायमुर्तीप्रति भगवान् जत्तिकै विश्वास छ," उनले शुक्रबार साँझ फेसबुकबाट भनेकी छन् ।

आफूले आजीवन दु:ख गरेर कमाएको प्रतिष्ठामा आफ्नो प्रतिक्रियासमेत नलिएर ठाडै चरित्र हत्या गरिएको उनको गुनासो छ ।

"एउटी नारीमाथि सबैले मिलेर देखाएको यो 'पुरुषार्थलाई' मेरो चुनौती छ । न्याय मलाई मात्र चाहिएको छैन, जसले जसलाई जे पनि बोल्ने लेख्ने तर सजाय पटक्कै नहुने कुराले आक्रन्त यो सिंगो समाजलाई नै न्याय चाहिएको छ । तिमीहरू आफ्नो  पुरुषार्थ देखाउँदै गर्नू, म अदालततिर लागेँ," उनले भनेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu