site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपासँग सहयोग माग्दै ओलीले भने– राष्ट्रवादी शक्ति मिलेर जाउँ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गण्डकीमा निर्णायक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सहयोग मागेका छन् । गण्डकीमा दुई सिट रहेको राप्रपा एमाले–माओवादी गठबन्धनलाई नभई हुँदैन । त्यही बुझेका ओलीले शुक्रबार बिहान राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङसँग वान टू वान वार्ता गरेका हुन् ।

भेटमा ओलीले राष्ट्रवादी शक्ति मिलेर जाउँ भनी आग्रह गरेको गुरुङले बताए । “हामी राष्ट्रवादी शक्ति मिलेर जानुपर्छ भनेर भन्नुभयो,” उनले भने । ओलीले आग्रह गरेता पनि आफूहरू २७ गतेसम्म आन्दोलनमा नै रहेको हुँदा कुनै निर्णय नहुने गुरुङले जवाफ दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टमा करिब ३० मिनेट भेटवार्ता भएको उनले बताए । राप्रपा पदाधिकारी बैठकले गत बुधबार प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ । राप्रपाबिना सरकार नै नबन्ने परिस्थितिका बाबजुद हाल कायम सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय राप्रपाले गरेको हो ।

राप्रपा आफ्नो निर्णयमा अडिन रहेको अवस्थामा गण्डकीमा एमाले–माओवादी गठबन्धनको बहुमत पुग्दैन । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका सात (सभामुखबाहेक), राप्रपाका दुई र स्वतन्त्र निर्वाचित भई नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेर पनि छाडिसकेका राजीव गुरुङ (दीपक मनाङे) सदस्य छन् । सरकार गठनका लागि ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !