site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्री अनुपस्थित भएपछि शिक्षा समितिको बैठक स्थगित 

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठक स्थगित गरिएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठ अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो ।

विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न बसेको बैठक करिब आधा घण्टा सञ्चालन गरेर स्थगित गरियो । दुई संशोधनकर्ताले बोलेपछि सांसद एवं संशोधनकर्ताले मन्त्री नआएको भन्दै बैठक स्थगित गर्न माग गरेका थिए ।

त्यसपछि समिति सभापति अम्बरबहादुर थापाले शिक्षामन्त्री मन्त्रिपरिषद्को बैठकमा व्यस्त रहेको जानकारी गराउँदै स्थगितको घोषणा गरे ।

विधेयकमाथि १७५८ संशोधन परेको छ । आजसम्म आठजनाको संशोधन प्रस्तावमाथि छलफल गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro