site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाँच परियोजनाका निम्ति एक खर्बबराबरको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले विभिन्न पाँच परियोजनाका निम्ति एक खर्ब रुपैयाँबराबरको लगानी स्वीकृत गरेको छ । बिहीबार बसेको बोर्डको ५७औँ बैठकबाट विभिन्न पाँच परियोजनाका निम्ति उक्त लगानी स्वीकृत गरिएको हो ।

लगानी बोर्डका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले सुपर तमोर जलविद्युत् आयोजना, अपर मोरङ ‘ए’, कोहलपुरस्थित सौर्य ऊर्जा, हवासिङ नारायणी सिमेन्ट र तल्लो मनाङ–मर्स्याङ्दी जलविद्युत् गरी पाँच परियोजनाका निम्ति करिब एक खर्बबराबरको लगानी स्वीकृत गरिएको बताए ।

उनले अपर मर्स्याङ्दी जलविद्युत् परियोजनाको विस्तृत परियोजना जानकारीमा लिई त्यसलाई वार्ता समिति गठन गर्ने निर्णय पनि गरिएको जानकारी दिए । दाङ सिमेन्ट इन्डस्ट्रिज प्रालिको सेयर खरिद–बिक्री गरी रकम फिर्ता लैजान स्वीकृति दिएको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro