site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दैनिक रेकर्ड बनाउँदै सुनको मूल्य
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बिहीबार हालसम्मकै उच्चमा कारोबार भएको छ । सुनको मूल्य तोलामा हजार रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।

Prabhu Bank
Agni Group
NIC Asia

केही दिनयता सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै आएको छ । बुधबार पनि प्रतितोला एक लाख ३३ हजार रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको थियो । सुनको मूल्य बिहीबार त्योभन्दा माथि पुगेर नयाँ रेकर्ड बनाएको हो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

Global Ime bank

चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ६१० रुपैयाँमा कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement