site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली आक्रमणमा इरानका दुई वरिष्ठ कमान्डरको मृत्यु, बदला लिने तेहरानको चेतावनी
तस्बिर :एएफपी

दमास्कस, सिरिया । सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावास भवनमाथि इजरायलले गरेको सन्दिग्ध हमलाको कठोर जवाफ दिने तेहरानले चेतावनी दिएको छ । इरानी विदेशमन्त्री होसैन अमिर अब्दोल्लाहिअनले हमलालाई अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लंघनको संज्ञा दिएका छन् । 

दमास्कसमा सोमबार गरिएको हमलाको बदलामा उस्तै कदम चाल्ने अधिकार इरानसँग रहेको बताइएको छ । आक्रमणमा ११ जना मारिएको विवरणमा जनाइएको छ । तीमध्ये इरानको रिभोल्युश्नरी गार्ड्सका दुईजना वरिष्ठ कमान्डर पनि रहेका छन् ।

रिभोल्युश्नरी गार्ड्सले विज्ञप्तिमार्फत् जनाएअनुसार मारिनेमा ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी पनि रहेको पुष्टि भएको छ । इरानी विदेशमन्त्री होसैन अमिर अब्दोल्लाहिअनले उक्त आक्रमणले अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लंघन गरेको बताएका छन् ।

दमास्कसको मेज्जेह जिल्लास्थित इरानी वाणिज्य दूतावास भवन हमलापछि ध्वस्त भएको अनलाइनमा राखिएका भिडियोहरूमा देखिन्छ । यसैबीच, इरानको राजधानी तेहरानमा प्रदर्शनकारीहरूले इजरायलविरोधी नारा लगाउँदै इजरायली झण्डा जलाएका छन् ।

जाहेदीको मृत्युका लागि इजरायल जिम्मेवार रहेको इरानले जनाएको छ जसलाई दुई देशबीच तनाव चुलिने एउटा संकेतको रूपमा हेरिँदै छ । ‘निशाना र त्यसका लागि जिम्मेवार पक्षबारे’ अमेरिकालाई थाहा हुन नसकेको ह्वाइट हाउसले बताएको छ । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro