site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बाढीको जोखिमको भविष्यवाणी गर्न अस्ट्रेलियामा एआईको प्रयोग
Sarbottam CementSarbottam Cement

सिड्नी । अस्ट्रेलियाको दक्षिणपूर्वी राज्य न्यु साउथ वेल्सले बाढीको सम्भावित प्रभावको भविष्यवाणी गर्न कृत्रिम बौद्धिकता (एआई) र मोबाइल फोन नेटवर्कको प्रयोग गर्ने प्रविधिको परीक्षण गरिरहेको जनाएको छ ।

सरकारले मंगलबार एक विज्ञप्तिमार्फत यसले गम्भीर मौसमी घटनामा समुदायलाई जोगाउन मद्दत गर्न सक्ने उल्लेख गरेको छ । वास्तविक–समय मौसम जानकारी दिन ब्युरो अफ मेटियोरोलोजी डेटा र बाढी जानकारीसँग त्यसलाई जोडिएको विज्ञप्तिमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

परिदृश्य (भिजुअलाइजेसन) र स्पेसियल डिजिटल ट्विन (प्रयोगकर्तालाई मोडेलहरूका रूपमा डेटाको विश्लेषण गर्न एकै ठाउँमा ठूलो मात्रामा डेटा व्यवस्थित गर्न सक्षम बनाउने) मार्फत परिदृश्य र निर्मित वातावरणमा परिवर्तन प्रदर्शन गर्न सम्भव भएको भनिएको छ ।

पूर्वाधार र समुदायमा जोखिम भविष्यवाणीमा प्रयोग गर्न सकिने र राज्यको आपत्कालीन सेवालाई लक्षित अलर्टमार्फत प्रभावित समुदायमा जानकारीको द्रुत प्रसारका निम्ति डेटाको सम्भावित रूपमा प्रयोग गर्न यसले मार्गप्रशस्त गर्छ । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC