site stats
बाह्रखरी :: Baahrakhari
देश
‘सार्क जाग्न सकेन, भारतको सक्रियतामा बीबीआईएन सक्रिय हुन थाल्यो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) विस्तारै जाग्दै गरेको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा विमस्टेक बडापत्रको प्रावधानमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, “क्षेत्रीय सहकार्य गर्ने उदेश्यले विमस्टेक बल्ल जाग्दैछ, यसलाई हुर्कायौँ भने नेपाललाई फाइदा नै हुन्छ ।” 

Argakhachi Cement Island Ad

सन् १९९७ मा गठन भएको विमस्टेकको बडापत्र ल्याउन २५ वर्ष लगाएको जनाउँदै उनले बडापत्रमा नेपालको सार्वभौमिकतामा आँच आउने कुनै प्रावधान नरहेको बताए । 

विमस्टेक जाग्दै गरे पनि भारतको कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भने जाग्न नसकेको उनले जनाए । “सार्क जाग्न सकेन, यसको भूराजनीतिक कारणबारे हामी सबै जानकार छौँ । भारतकै रुची र सक्रियतामा बीबीआईएन सक्रिय हुन थाल्यो,” वाग्लेले भने ।

बीबीआईएनमा भुटान, बंगलादेश, भारत र नेपाल रहेका छन् । उनले थप स्पष्ट पारे, “यद्यपी, यो उपक्षेत्रीय गठजोड मात्र हो । यसको सेक्रेटरियट पनि छैन, बडापत्र पनि छैन । यो एउटा अन्तर राज्य संगठन पनि होइन । त्यसैले विमस्टेकलाई हामी बीबीआईएन भन्दा अलि बढी विस्तारित रूपमा हेर्न सक्छौँ ।” 

विमस्टेकमा नेपालले उर्जा, पर्यटन क्षेत्र जोड्न सक्ने उनले जनाए । विमस्टेकमा ट्रान्सपोर्ट कोरिडोर, इकोनोमिक कोरिडोर र अन्तरमा सामरिक बेल्ट निर्माण गर्न सकिने उनले बताए । 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्