site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेवाग्राहीबाट १५ हजार घुस लिने वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।

यसैक्रममा केही दिनअघि टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro