site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनताको धारामा पानी होइन मानव मलमूल मिसिएको ढल आउँछ : गणेश पराजुली 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले राजधानी काठमाडौंका जनताको घरको धारामा पानी होइन मानव मलमूल मिसिएको कालो ढल आउने गरेको गुनासो गरेका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सहरभित्रका नागरिक ढलको पानी धारामा पठाइदिएबापत काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल)लाई शतप्रतिशत बढेको शुल्क तिर्न बाध्य भएको बताए । “म यतिखेर मेरो निर्वाचन क्षेत्र काठमाडौ–७ को महानगरको मुटुमा रहेका वडा नम्बर २५, २६, २४, १७ लगायतका क्षेत्र असन इन्द्रचोकको कुरा गर्दैछु । सहरभित्रका नागरिक ढलको पानी धारामा पठाइदिएबापत केयूकेललाई शतप्रतिशत बढेको शुल्क तिर्न बाध्य छन्, यो कस्तो विडम्बना हो ?,” उनले भने । 

सांसद पराजुलीले यो दुर्दशाको अध्ययन गरी खानेपानी मन्त्रालयले सहरभित्रको खानेपानी वितरण प्रणाली व्यवस्थित बनाएको जानकारी यथाशीघ्र सदनमा गराउन अनुरोध गरे । “झन्डै ३५ अर्बभन्दा बढी खर्च गरिसकेको मेलम्ची परियोजनाको केयूकेएलअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाको चक्रपथभित्र ८०५ खानेपानी वितरण प्रणालीको काम सम्पन्न गरी खानेपानी वितरण प्रक्रिया सुरु गरेको भन्छ तर, अधिकांश क्षेत्रमा न त नयाँ प्रणालीबाट पानी वितरण हुन सकेको छ न त पुरानो वितरण प्रणालीको मर्मत सम्भार । यो व्यवस्थापकीय कमजोरी हो या प्राविधिक लापरबाही ?,” उनको प्रश्न थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro