site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दिल्लीको पहिलो जित, साविक विजेताविरुद्ध २० रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले साविक विजेता चेन्नई सुपर किंग्सविरुद्ध २० रनको जित निकालेको छ । जारी प्रतियोगितामा दिल्लीको यो पहिलो जित हो ।

आइतबार विशाखापटनमस्थित राजाशेखरा रेड्डी मैदानमा दिल्लीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन मात्र जोड्न सक्यो ।

चेन्नईका अजिक्या रहानेले ४५ रन बनाए पनि टिमको हार टार्न सकेनन् । अविजित रहेका महेन्द्रसिंह धोनीले ३७, डार्यल मिचेलले ३४, रवीन्द्र जडेजाले अविजित २१ र शिवम दुवेले १८ रन जोडे ।

दिल्लीका मुकेश कुमारले तीन विकेट लिए । खलिल अहमदले दुई र अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा पाँच विकेट गुमाएर १९१ रन बनाएको थियो ।

दिल्लीका डेविड वार्नरले ५२ रनको योगदान गरे । उनले ३५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । कप्तान ऋषभ पन्तले ३२ बलमा चार चौका र तीन छक्कासहित ५१ रन थपे । पृथ्वी साले ४३ र मिचेल मार्सले १८ रन बनाए ।

चेन्नईका मथिसा पथिरानाले तीन विकेट लिए । रवीन्द्र जडेजा र मुस्तिाफिजुर रहमानले समान एक विकेट हात पारे ।

जितसँगै तीन खेलबाट दुई अंक जोडेको दिल्ली तालिकाको सातौँ स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंकको चेन्नई दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro