site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सौर्य गठबन्धन स्थापनासम्बन्धी सम्झौताले देशको विकासमा सहयोग पुग्छ : सोविता गौतम
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) स्थापनासम्बन्धी सम्झौताले देशको विकासमा सहयोग पुग्ने बताएकी छन् ।

आज प्रतिनिधिसभा बैठकमा आईएसए स्थापनासम्बन्धी सम्झौतामाथिको छलफलमा उनले नेपाल ढिला नगरी हरित ऊर्जातर्फ रूपान्तरित हुनुपर्ने बताइन् । 

“विभिन्न अनुसन्धानले पनि धुवाँको प्रदूषणले नेपालीहरूको औसत आयु कम्तीमा पनि पाँच वर्षले घटिरहेको छ भन्ने देखाउँछ । त्यसैले नेपाल अब ढिला नगरी हरित ऊर्जातर्फ रूपान्तरित हुनु अत्यावश्यक छ,” गौतमले भनिन् ।

सौर्य ऊर्जामा पर्याप्त लगानी गर्न सके नदी नालाहरूलाई खानेपानी, माछा पालन, सिँचाइ, जल पर्यटन आदिमा प्रयोग गर्न सकिने उनको भनाइ छ ।

उनले आईएसए सम्बन्धी सम्झौताले नेपालमा आर्थिक वृद्धि र रोजगारी सिर्जनाको अवसर हुन सक्ने बताइन् ।

“अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)ले सन् २०३० सम्ममा सूर्य ऊर्जाका परियोजनामा १,००० अरब डलरभन्दा बढीको लगानी गर्ने लक्ष्य राखेको छ । यसबाट नेपालले पनि लाभ लिन सक्छ र यो आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न अवसर बन्न सक्छ,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro