site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआईसीसीआईको १०औँ वार्षिक साधारणसभा सम्पन्न
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई)को १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमले इटाली र नेपालबीच बलियो व्यावसायिक सम्बन्ध प्रवर्धन गर्ने चेम्बरको प्रयासमा महत्त्वपूर्ण कदम सावित भएको आयोजको भनाइ छ र

आज सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा सहभागी थिइन् ।

कार्यक्रममा नेपाल–इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवाल, नेपाल इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ र इटालीका लागि नेपाल का महावाणिज्यदूत प्रतिमा राणा पाण्डेसहित एनआईसीसीआईका अन्य व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्त्री शर्माले 'एनआईसीसीआई डाइरेक्टरी'को अनावरण गरेकी थिइन्, जुन चेम्बर अन्तर्गत भएका विकास र परिष्कृत संयोजकतालाई झल्काउँछ । उ

एनआईसीसीआईले १०औँ वार्षिक साधारणसभाको सफलतापछि व्यापार र लगानीका अवसरहरूलाई सहजीकरण गर्ने लक्ष्यमा अझ बढी अडिग र समर्पित हुने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro