site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु
फाइल तस्बिर ।

बेरुत । सिरियाको एलेप्पो प्रान्तमा इजरायलले शुक्रबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा ३६ सिरियाली सैनिकको मृत्यु भएको छ । सिरियाली युद्धको अनुगमन गरिरहेको एक संस्थाले हेज्बुल्लाह विद्रोहीले हतियार राखेको आशंकामा इजरायलले उक्त आक्रमण गरेको जनाएको छ ।

बेलायतमा कार्यालय रहेको सिरियाली अब्जरभेटरीले लेबनानमा सक्रिय हेज्बुल्लाह समूहको क्षेप्यास्त्र भण्डारणमा इजरायलले हवाई आक्रमण गरेको जनाएको छ । आक्रमणमा अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । इजरायली विमानले एलेप्पोको अन्तर्राष्ट्रिय विमानस्थल नजिक आक्रमण गरेका थिए । सिरियाली सरकारी समाचार एजेन्सी सानाका अनुसार शुक्रबार बिहानै गरिएको उक्त आक्रमणबाट सिरियाली सैनिक सहित धेरै सर्वसाधारणको मृत्यु भएको छ । 

Dabur Nepal
NIC Asia

सिरियाली सैनिक स्रोतलाई उद्धृत गर्दै सानाले इजरायली लडाकू विमानले एलेप्पोको दक्षिणपूर्वी अथरियाबाट आक्रमण गरेको जनाएको छ । इजरायली सेनाले भने उक्त आक्रमणका बारेमा केही बताउन अस्वीकार गरेको छ ।

सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएयता सयौँ पटक सिरियाली भूभागमा हवाई आक्रमण गरिसकेको छ । इजरायलले लेबनानमा सक्रिय हेज्बुल्लाह समूहलाई हतियार आपूर्ति हुन नदिन यस्तो आक्रमण गरिआएको बताउँदै आएको छ ।

गत अक्टोबर ७ मा गाजा क्षेत्रमा हमासविरुद्धको युद्ध प्रारम्भ भएसँगै इजरायलले सिरियाली भूभागमा पनि आक्रमणको संख्या बढाएको छ । गाजा युद्ध आरम्भ भएयता हमास समूहसँग निकट सम्बन्ध रहेको हेज्बुल्लाह विरुद्ध दैनिकजसो इजरायलले आक्रामक कारबाही गरिरहेको छ । 

पछिल्ला ६ महिनामा इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३४६ जनाको मृत्यु भइसकेको छ जसमा अधिकांश हेज्बुल्लाहका लडाकुहरू रहेका छन् । स्रोतका अनुसार यी आक्रमणबाट मारिएकामध्ये कम्तीमा ६८ जना सर्वसाधारण छन् । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro