अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एकैदिन *२१ सय रुपैयाँले बढेको छ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
*२१ सय हुनुपर्नेमा यसअघि तीन हजार भएकाले सच्याइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८० ११:०४
प्रतिक्रिया दिनुहोस्