site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको केन्द्रीय कार्यालयमा रास्वपाको अध्ययन भ्रमण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले नेकपा (एमाले)को केन्द्रीय कार्यालयको अध्ययन भ्रमण गरेका छन् ।

आज भएको अध्ययन भ्रमणमा पार्टी महामन्त्री मुकुल ढकाल, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरू शुभराज शिल्पकार, सेनु लामालगायतको सहभागिता रहेको थियो ।

"राजनीतिक दल आफू व्यवस्थित हुन सके मात्र देशलाई व्यवस्थित बनाउन सक्दछ । पार्टीको आन्तरिक प्रशासन र व्यवस्थापनले समग्र राजनीतिक परिणाममा समेत प्रभाव पार्ने हुन्छ । तसर्थ राजनीतिक दलको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा अध्ययनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी तथा कर्मचारीले आज एमालेको केन्द्रीय कार्यालयमा आपसी अध्ययन भ्रमण गरेको थियो," रास्वपाले सामाजिक सञ्जालबाट भनेको छ ।

भ्रमणमा एमालेका नेताहरू शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका नेताहरूसँग पार्टी र पार्टी कार्यालयका आन्तरिक व्यवस्थापनका विविध पक्षहरूबारे छलफल भएको छ ।

रास्वपाका नेताहरूले एमाले पार्टी कार्यालयको अवलोकन समेत गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro