site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा गएरातिदेखि नै वर्षा, दिउँसो के हुन्छ ?
फाइल तस्बिर ।

काठमाडौं । केही प्रदेशमा गएरातिदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ ।

“काठमाडौंका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा अहिले केही समयदेखि वर्षा रोकिएको छ,” मौसमविद् शान्ति कँडेलले बाह्रखरीसँग भनिन्, “अन्य भू–भागमा सिमसिम वर्षा भइरहेको छ ।” 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Global Ime bank

“आज काठमाडौंमा केही समय पानी पर्ने र रोकिने हुन्छ । बिहान ११/१२ बजेसम्म केही समय पानी पर्ने र केही समय रोकिने हुन्छ,” मौसमविद् कँडेल भन्छिन्, “त्यसपछि २ बजेदेखि साँझसम्म नै पुनः पानी पर्ने र रोकिने भइरहन्छ ।” ठूलो वर्षा भने हुने छैन । हल्का वर्षा मात्रै हुनेछ । 

राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।  बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेसम्म वर्षा हुने मौसमविद् कँडेलको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu