site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सोनम वाङचुकको अनशन २० दिन नाघ्यो, के हो माग ?

काठमाडौं । भारतका प्रख्यात जलवायु अभियन्ता एवं शिक्षाविद् सोनम वाङ्चुकले लद्दाखका सन्दर्भमा विभिन्न माग राख्दै सुरु गरेको अनशन २० दिन नाघेको छ ।

सामाजिक सञ्जालमा सोमबार वाङचुकले अनशन र आफ्नो स्वास्थ्य अवस्थाबारे भनाइ राखेका थिए । केही थकित एवं कमजोर महसुस गरेको बताउँदै उनले पानी र नुन मात्रै खाइरहेको भनेका छन् ।

वाङचुकले आम नागरिकप्रति सहयोग एवं समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै राष्ट्र र नेताप्रतिको विश्वास नगुमाएको टिप्पणी गरे ।

के हो माग ?
वाङचुकले लद्दाखलाई संविधानको छैटौँ अनुसूचीअनुसार राज्यका रूपमा राख्न वकालत गरिरहेका छन् । भारतको संविधानको छैटौँ अनुसूचीले भूमिको संरक्षण एवं देशका आदिवासी क्षेत्रको लागि स्वायत्तताको सुनिश्चितता गरेको छ ।

सन् २०१९ मा भारतले जम्मु र कश्मीर (जेएन्डके)लाई केन्द्र शासित क्षेत्र बनाएको थियो । त्यतिबेला नै लद्दाखलाई पनि पहिलेको राज्यबाट विभाजन गरी केन्द्र शासित बनाएको थियो । लद्दाखलाई राज्य बनाउनु पर्नेसँगै वाङचुकले लेह र कारगिल जिल्लाका लागि छुट्टै लोकसभा सिट माग गरेका छन् ।

भूमि तथा रोजगारीको हक एवं लोकसेवा आयोग स्थापनाको माग समेत उनले राखेका छन् । हाल रहेको केन्द्र शासित प्रदेशको स्थितिले औद्योगिक विकासका नाममा लद्दाखको पारिस्थितिकी जोखिममा पर्ने विषय उठेको छ ।

भारतमा आउँदै गरेको आमनिर्वाचनपछि जम्मु र कश्मीरले राज्यको दर्जा पाउने सम्भावना छ । लद्दाखलाई भने केन्द्र शासित प्रदेश क्षेत्रकै रुपमा राखिने चिन्ता वाङचुकको छ । भारत सरकारले लद्दाखका माग सम्बोधन गर्न राज्यमन्त्री नित्यानन्द राईको नेतृत्वमा एक उच्च स्तरीय समिति गठन गरेको छ । केन्द्र सरकार लद्दाखलाई छैटौँ अनुसूचीअनुसार राज्यका रूपमा दर्जा दिन सकारात्मक बनेको भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro