site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
म उठ्दिनँ, पार्टीको छुट्टै उमेदवार उठाउँछौँ
फाइल तस्बिर ।

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा नयाँ गठबन्धनबाट उमेदवार बन्ने चाहना व्यक्त गरे । गठबन्धनको साझा उमेदवार बन्ने र संसद् छिर्ने उनको चाहनामा एमालेको निर्णयले ‘ब्रेक’ लाग्ने देखिएको छ । सत्ता गठबन्धनको ठूलो दल एमालले इलाम–२ को उपनिवार्चनमा पार्टीका तर्फबाट सुहाङ नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको एमाले सचिवालय बैठकबाट नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरिएको हो । एमालेको निर्णयपछि खनालले आफू उमेदवार नबन्ने बताएका छन् ।

बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा उनले पार्टीका तर्फबाट उमेदवार उठाइने बताए । तर, आफू उमेदवार नबन्ने उनले स्पष्ट पारे । खनाल ०७९ मंसिरको निर्वाचनमा तत्कालीन गठबन्धनबाट इलाम– को उमेदवार बनेका थिए । प्रस्तुत छ, खनालसँग बाह्रखरीका कुञ्जरमणि भट्टराईले गरेको संक्षिप्त वार्ता : 

सत्तासाझेदार एमालेले उपनिर्वाचनको उमेदवार टुंगो लगायो, एकीकृत समाजवादीको तयारी के छ ? 
उपनिर्वाचनमा हाम्रो पनि उमेदवार हुन्छन् । पार्टीका तर्फबाट उमेदवार उठाउँछौँ । उमेदवारका नाम आएका छन् । केही दिनमै उमेदवार टुंगो लगाउँछौँ । हिजो सचिवालय बैठक बसेको थियो । आज पनि त्यसबारे छलफलका लागि पार्टीको सचिवालय बैठक बस्दै छ ।

पार्टीका तर्फबाट तपाईं उमेदवार हुने हो ? तपाईंको उमेदवारीको चर्चा चल्दै आएको छ नि !
गठबन्धनले साझा रूपमा अघि सारको भए उमेदवार बन्ने कुरा थियो । मैले जाने इच्छा नै गरेको होइन । ठाउँठाउँबाट तपाईं जानुस् भनेकाले मेरो नाम आएको हो । गठबन्धनबाहेक भएर जाने मेरो इच्छा होइन । पार्टीको छुट्टै उमेदवार उठाउँछौँ । म उठ्दिनँ ।

Global Ime bank

साझा उमेदवार बनाउने विषयमा गठबन्धनमा कुराकानी नभएको हो कि भएर पनि नटुंगिएको हो ? 
गठबन्धनले त्यसरी सोचेन । विशेष गरी यो कुरामा गठबन्धनभित्रको ठूलो दल एमालेले सोच्नुपर्ने हो । तर, ठूलो दल उमेदवार उठाउने, पराजित हुने मानसिकतामा रहेछ । एमालेले इलाममा जसलाई उमेदवार उठायो, अहिले त पराजित हुनुपर्ने नै छ । ०८४ को निर्वाचनमा पनि दुवै क्षेत्रमा पराजित हुने ढंगले योजना बनाएको देखियो ।

त्यसरी कसरी ठोकुवा गर्न सकिन्छ ? 
स्वाभाविक रूपमा लामो अवधिसम्म काम गरेका कार्यकर्ताले उमेदवार बन्न पाएनन् । भर्खरभर्खर पार्टीमा आउँछु भनेका मान्छेलाई उमेदवार बनाउने कुरा गरेको छ । त्यसले एमालेको पंक्ति नै एकताबद्ध हुने देखिँदैन । एमालेकै भोट आउने देख्दिनँ ।

कम्युनिस्ट एकताका कुरा चलिरहँदा साझा उमेदवार बनाएर जाँदा उचित हुने धारणा पनि कार्यकर्तामा देखिन्छ, त्यसरी छलफल नगरिएको हो ? 
‘ब्रोड’ (फराकिलो) दृष्टिकोण हुँदा त्यस्तो हुने हो । वामपन्थी नेताहरूमा त्यस्तो दृष्टिकोण विकास भएको छैन । बल्ल अब कार्यगत एकतामा आए, त्यो नै ठूलो गनिमत छ । यसबाट अघि बढेर साझा रूपमा वामपन्थी आन्दोलन अघि बढाऔँ भन्ने ठाउँमा पुग्न अझै समय लाग्छ ।

त्यसका निम्ति प्रयत्न गर्न त माओवादी, एकीकृत समाजवादीले एमालेका उमेदवारलाई समर्थन गर्दा पनि हुन्छ होला नि !
सबै आ–आफ्नै ढंगबाट उठ्ने स्थिति बन्यो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu