site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय भूमि आयोग विघटन 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । नयाँ सत्ता समीकरण बनेलगत्तै चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोग विघटन गर्ने निर्णय गरेको हो । 

एक साताभित्र पुनः आयोग गठन गर्नेगरी उक्त आयोग विघटन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले आयोग कानुनसम्मत ढंगले एक हप्ताभित्र पुनर्गठन गर्नेगरी विघटन गरेको बताइन् । 

नयाँ बन्ने आयोगले भूमिको व्यवस्थापनको बाँकी कामलाई अघि बढाउने मन्त्री शर्माको भनाइ थियो ।

सरकार परिवर्तनसँगै उक्त आयोगको विघटन र पुनर्गठनको प्रक्रियाले भूमिहीनहरूको समस्या समाधानमा व्यवधान उत्पन्न हुने काम भइरहेको भन्दै सरकारको आलोचना हुने गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro