site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किसानबाट संकलन गरेको दूध बिक्री नहुँदा भुक्तानीमा समस्या
SkywellSkywell

काठमाडौं । किसानले भुक्तानी पाउनेभन्दा बढी मूल्य बराबरको दूध मौज्दात हुँदा दूध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ । मुलुकभरका दूध उत्पादक किसानहरूले उत्पादन गरेको दूध संकलन भए पनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास संस्थानले जनाएको छ । 

संस्थानले मुलुकभरका दूध वितरण केन्द्रबाट संकलन भएको दूध प्रशोधनपछि बिक्री नहुँदा चालु पुँजी र नगद प्रवाहमा समेत समस्या रहेको बताएको छ । संस्थानले दूध किसानहरूले भुक्तानी नपाउनुको कारण पनि दूधबाट बनाएको मखन, पाउडर दूध किसानले पाउने भुक्तानीभन्दा बढी मूल्य बराबरको मौज्दात रहनु भएको बताएको छ । 

काठमाडौं, हेटौँडा, लुम्बिनी, नेपालगञ्ज, विराटनगर, धनगढी र चितवन वितरण आयोजनामा १० लाख १५ हजार ५६५ केजी (१ हजार १५.५ मेट्रिकटन) पाउडर दूध स्टक रहेको दुग्ध विकास संस्थान काठमाडौंका दुग्ध वितरण आयोजना प्रमुख गणेशकुमार यादवले बताए । उनले पाउडर दूध मात्रै नभएर मखन ७ लाख ६७ हजार १४४ केजी (७६७.१ मेट्रिक टन) मौज्दात रहेको बताए । 

KFC Island Ad
NIC Asia

उनले काठमाडौं दूध वितरण आयोजनामा ३ लाख ९६ हजार ६४० किलो पाउडर दूध स्टकमा रहेको जानकारी दिए । उनले मुलुकभर गरी १ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दूध स्टक रहेको दाबी गरे । 

उनले दूध बिक्रीको लागि बजार बिस्तारको ठूलो सम्भावना भए पनि सबै ठाउँमा पुर्याउन नसकिएको बताए । उनले डीडीसीको दूध गुणस्तरको सुनिश्चितता भएकाले उपभोक्तामा लोकप्रिय रहेको बताए । 

Royal Enfield Island Ad

उनले दूध खरिदबिक्री र संकलनमा  अस्वस्थ प्रतिस्पर्धा हुँदा समस्या आएको बताए । उनले आयोजनासँग भएका मेसिनहरू जिर्ण भएकाले पनि दूध प्रशोधनमा समस्या रहेको बताए । 

प्रमुख यादवले किसानलाई भुक्तानी गर्ने रकमभन्दा बढीको दूध मौज्दात हुँदा चालु पुँजीको अभाव झेलिरहेको बताए ।

काठमाडौं दुग्ध वितरण आयोजनाको प्रशोधन क्षमता प्रतिघण्टा १५ हजार लिटर रहेको छ । दूध संकलनको कार्यक्षेत्र काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा र चितवन हुन् । 

२०६ सहकारी संस्था आवद्ध भएर एक लाख घरधुरीबाट दूध संकलन गरिने गरेको आयोजनाले जनाएको छ । औसत दूध संकलन ६५ देखि ७० हजार लिटर छ । सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ । 

दैनिक ७० हजार लिटर दूध बिक्री हुने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro