site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केजरीवालको घरमा ७० हजार भारु मात्रै भेटियो !

काठमाडौं । भारतको आम आदमी पार्टी (आप)ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घरमा कुनै प्रमाण नेभेटिएको दाबी गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ ७ बजेतिर कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को १० सदस्यीय एक टिम 'सर्च वारेन्ट' बोकेर केजरीवालको निवासमा पुगेको थियो । त्यसपछि उनीसँग करिब दुई घण्टा सोधपुछ गरेको थियो ।

सोधपुछपछि आपका अध्यक्षसमेत रहेका केजरिवाललाई करिब ९ बजेतिर पक्राउ गरिएको थियो । राति साढे ११ बजेतिर उनलाई ईडीको कार्यालयमा पुर्‍याइएको थियो ।

दिल्ली सरकारका मन्त्री सौरव भारद्वाजले केजरिवालको घरबाट ७० हजार रुपैयाँ भारुमात्र भेटिएको दाबी गरेका छन् । उनले केजरीवालको फोन पनि जफत गरिएको बताए ।

"ईडीले कुनै प्रमाण भेटाएको छैन । सम्पत्ति कागजात, अवैध पैसा केही पनि पनि भेटिएन," उनले भनेका छन् ।

केजरीवाल पक्राउविरुद्ध आपले आज देशव्यापी प्रदर्शन गर्दै छ । आजै सर्वोच्च अदालतले केजरीवाल पक्राउ प्रकरणमा सुनुवाइ गर्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ । तर, आम आदमी पार्टीले भने केजरीवाललाई फसाउन खोजिएको बताउँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro