site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केजरिवाल पक्राउविरुद्ध आम आदमी पार्टी सर्वोच्चमा, आजै सुनुवाइ हुन सक्ने

काठमाडौं । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ प्रकरणमा आम आदमी पार्टी (आप) सर्वोच्च अदालत पुगेको छ । बिहीबार राति केजरिवाल पक्राउ पर्नुअघि नै आपको कानुनी टिम उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार सर्वोच्चले आजै सुनुवाइ गर्न सक्नेछ । आपका नेता अतिशीले आफूहरूले सर्वोच्च अदालतसँग केजरिवालको पक्राउ रद्द गर्न माग गरेको बताएका छन् ।

दिल्ली मदिरा घोटालामा ईडीले केजरिवाललाई नौ पटक जवाफ दिन बोलाएको थियो । तर, उनले ईडीलाई बेवास्ता गर्दै आएका थिए ।

बिहीबा राति भने उनकै निवास पुगेर उनलाई ईडीले पक्राउ गरेको हो । उनलाई ईडीको केन्द्रीय कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro