site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एकैदिन तोलामा २६ सयले बढ्यो, हालसम्मकै उच्च 
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलामा दुई हजार ६०० रुपैयाँले बढेर एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य नेपालमा यो हालसम्मकै उच्च हो ।

आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्