site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जर्मनीबाट सबै कार्ड आइपुग्यो, लाइसेन्स छपाइ भने अझै सुरु भएन
फाइल तस्बिर ।

काठमाडौं । यातायात व्यवस्था विभागले जर्मन कम्पनीबाट सबै स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) कार्ड प्राप्त गरेको छ ।

विभागले जर्मनीको म्युहलबाअर कम्पनीसँग ठेक्का गरेको १२ लाखमध्ये ६ लाख कार्ड एक महिनाअघि नै नेपाल आइपुगेको थियो । बाँकी ६ लाख कार्ड एक साताअघि नेपाल आइपुगेको हो ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले एक साताअघि बाँकी कार्ड आइपुगेको बताए । तर, कार्ड छाप्ने काम भने अझै सुरु भएको छैन । “उताबाट आउनुपर्ने सबै कार्ड आइसकेको छ । छाप्ने काम भने सुरु भइसकेको छैन । प्राविधिक समस्या समाधान गर्न दुवै कम्पनीले काम गरिरहेको भनेका छन्,” विभागका महानिर्देशक रिजालले भने ।

जर्मन कम्पनीले बनाएको कार्ड छाप्न विभागसँग मद्रास सेक्युरिटी प्रिन्टर्सबाट खरिद गरेको मेसिन छ । तर, कार्डको स्पिेसिफिकेसन नमिल्दा उक्त मेसिनमा प्रिन्ट गर्न मिलेको छैन । विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले कार्ड छाप्ने काम अझै सुरु भइनसकेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro