site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाम–२ को उपनिर्वाचन : एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत इलाम–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) मा ६ जनाको नाम सिफारिस गरिएको छ । 

इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो । जसमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल रहेका छन् ।

केन्द्रीय कमिटीले एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न भनेको थियो । सहमति हुन नसकेपछि ६ जनाकै पठाइएको एमाले इलामले जनाएको छ ।

एमाले उपाध्यक्ष तथा पूर्वसंविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । सिफारिसमा परेका सुहाङ सुवासका कान्छा छोरा हुन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu