site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुसी युद्धमा पुर्‍याइएका काभ्रेका तामाङले याचना गरेको डेढ महिना बित्यो, उद्धार भएन 

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ का निकास तामाङले उद्धार गरी आफूलाई नेपाल फर्काउन सरकारसँग आग्रह गरेको डेढ महिना बितिसकेको छ । तर, उनको उद्धार हुन सकेको छैन ।

एजेन्टले झुक्याएर उनलाई रुस पुर्‍याई त्यहाँको सेनामा भर्ती गराइएको थियो । त्यसपछि उनलाई युक्रेनसँगको युद्धमा खटाइएको थियो । उनलाई भिजिट भिसामा रुस लगिएको थियो ।

युक्रेनसँगको युद्धका क्रममा खुट्टामा गोली लागी घाइते भएपछि उद्धार गरी आफूलाई फर्काउन उनले नेपालमा रहेका परिवारसँग अनुरोध गरेका थिए । तामाङका भाइ उमेशले गएको माघ १० गते परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा रुसबाट आफ्नो दाइलाई उद्धार गरी ल्याइदिन अनुरोध गर्दै निवेदन दिएका थिए ।

आफ्नो दाइको ज्यान जोखिममा रहेको भन्दै उद्धार गरिदिन उमेशले अनुरोध गरेका थिए । उनले अनुरोध गरेको डेढ महिना बितिसक्यो । तर, निकासको उद्धार हुन सकेको छैन । 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro