site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी ठगीमा मुछिएका पूर्वउपराष्ट्रपतिपुत्रलाई कारबाही गर्न सांसद यादवको माग
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई कारबाही गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको भन्दै कारबाहीको माग गरेका हुन् ।

उनले पुनलाई कारबाही नगरे गणतन्त्रप्रति नै जनतामा निराशा आउने र सरकारविरुद्ध जनता सडकमा उत्रने बताए । भ्रष्टाचारी र तस्करीको देश नबनाउन उनले आग्रह गरे ।

“...यो देश तस्करीहरूको देश नबनोस् । यो देश भ्रष्टाचारीहरूको देश नबनोस् । यो देश गणतन्त्र र संविधानको विपक्षमा काम गर्नेहरूको देशको रूपमा परिचित नहोस्,” उनले भने, “सहकारी ठगी र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ ।”

उनले गर्मी मौसममा आगलागीका घटना हुने भन्दै त्यसप्रति समयमै सचेत भएर पूर्वतयारीमा लाग्न सरोकारवाला निकायको ध्यानाकर्षण गराए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro